२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका तीन कार्यकर्ता पक्राउ



सदरलाइनडटकम
३० बैशाख, नेपालगन्ज  : बाँके प्रहरीले नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका तीन जना कार्यकर्तालाई आईतबार पक्राउ गरेको छ । बन्द आह्वान गरेको दिनमै उनीहरुलाई पक्राउ गरेको हो ।

  पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका केन्द्रीय सदस्य सकुल, बाँके बर्दिया इन्चार्ज लोकेश, केन्द्रीय सदस्य आयुषलाई बर्दिया जाने क्रममा पक्राउ गरेको हो ।

 लोकेसले बिना कारण आफुलाई पक्राउ गरिएको बताएका छन् । नेकपाको बन्दका कारण देशभर प्रभाव परेको छ ।

 बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले पक्राउ परेका उनीहरुका साथबाट प्रहरीले कालो झण्डा १० थान, पम्प्लेट, र तुलहरु बरामद गरेको जानकारी दिए ।

  उनीहरुलाई ईलाका प्रहरी कार्यालय धर्नौलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार
ताजा समाचार