मकालुको बेपत्ता विमान बाजुरामा भेटिएको खबर गलत, खोजि कार्य जारी

२ जेष्ठ २०७५, बुधबार १०:००
 

सदरलाइनडटकम
२ जेठ, नेपालगन्ज  :  सुर्खेतबाट कार्गो लिएर हुम्लाको सिमिकोट उडेको मकालु एयरको 9N AuJ विमान बाजुरामा भेटिएको सूचना गलत भएको जानकारी आएको छ , सो विमानको खोजि कार्य जारी रहेको छ ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि कार्गो लिएर चालकदलका दुई सदस्यसहित उडेको विमान सम्पर्क विहीन भएको थियो ।
सम्पर्कविहीन विमान बाजुराको बगरमा भेटिएको सूचना आफुहरुलाई आएको भएपनि त्यो सूचना गलत भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।
सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पकविहीन भएको थियो । बुधबार बिहान ६ः१२ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए । समाचार स्रोत अनलाइनखबर


Next Post

मकालुको जहाज हुम्लामा दुर्घटनाग्रस्त, चालक दलका सदस्यको मृत्यु

२ जेष्ठ २०७५, बुधबार १०:००
सदरलाइनडटकम २ जेष्ठ, नेपालगन्ज :  मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ […]