२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कृष्णसेन स्मृती दिवश सेन्टर र चौतारीले संयुक्तरुपमा मनाए



सदरलाइनडटकम
१३ जेठ, नेपालगन्ज :  द्धन्द्धकालमा राज्यका तर्फबाट मारिएका स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको १६ औं स्मृती दिवश प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्तरुपमा मनाएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि आस्थागत पत्रकार संगठनले पहिलो पटक कृष्णसेन इच्छुकको स्मृती दिवश संयुक्तरुपमा मनाइएका हुन ।
आईतबार नेपालगन्जमा संयुक्तरुपमा आयोजित स्मृती दिवशमा सहभागि नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन लगायतका आस्थागत संगठनका अगुवाहरुले प्रेस स्वतन्त्रताको बिषयमा कृष्णसेन ईच्छुकले पु¥याएको योगदानको चर्चा गरे । उनीहरुले फरक आस्था र बिचारको वकालत गरेकै कारण बिभिन्न पक्षबाट मारिएका पत्रकारका परिवारलाई राज्यले हेर्नुपर्ने पनि बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पत्रकारिताका क्षेत्रबाट राजनैतिक परिवर्तनमा कृष्णसेनले महत्वपुर्ण भुमिका निर्वाह गरेको स्मरण गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बाँकेका नेता एवं प्रदेशसभाषद आईपी खरेल, अशोक कोइराला, सभाषद एवं नेकपा नेता कृष्णा केसी नमुना, रत्न खत्री लगायतले बोलेका थिए ।
यसै गरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा, प्रेस सेन्टर अनुशासन आयोग सदस्य भिम रावत, प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायाण शाह लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल र प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले संयुक्तरुपमा गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेठ १३ गते आइतबार
ताजा समाचार