प्रादेशिक महोत्सवमा चार देशका स्टल राखिने

४ माघ २०७४, बिहीबार १७:१३
 

सदरलाइनडटकम 
४ माघ,  नेपालगन्ज  : आगामी माघ ११ गतेदेखि २२ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रादेशिक महोत्सवमा पहिलो पटक बिदेशी स्टलको पनि सहभागिता हुने भएको छ ।
नेपालगन्जको कांरकादो स्थित सडक डिभिजन परिसरमा आयोजना गरिने सो महोत्सवमा भारत, चीन, बंगलादेश र पाकिस्तानका बिभिन्न उत्पादनको सहभागिता रहने आयोजकले जनाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं स्टल व्यवस्थापन उपसमितिका संयोजक अब्दुल बाहिद मन्सुरीका अनुसार नेपालगन्जमा हुन लागेको महोत्सवमा बिदेशी स्टलको पनि सहभागिता हुन लागेको पहिलो पटक हो । सो महोत्सवमा १६ वटा स्टलहरु बिदेशीको हुने जानकारी दिदै मन्सुरीले बिभिन्न गार्मेन्ट उत्पादन, स्काई सप, लगायतका स्टलहरु रहने उनले बताए ।
नेपालगन्जलाई आर्थिकरुपमा बाहिर चिनाउन र महोत्सवमा बढि भन्दा बढि सर्बसाधारणहरुको सहभागिता गराउनका लागि बिदेशी स्टलहरु राख्न लागिएको उनले जानकारी दिएका छन् ।
बहुउदेश्यीय सभागृह तथा प्रदर्शनीस्थल निर्माणका लागि प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवमा बिदेशी सहित तीन सय स्टलहरु रहने छन् ।

Next Post

खजुरामा कृषि क्याम्पस बनाउन समिति गठन

४ माघ २०७४, बिहीबार १७:१३
सदरलाइनडटकम   ४ माघ, नेपालगन्ज : बाँकेको खजुरामा खजुरा कृषि क्याम्पस बनाउनको लागि समिति निर्माण भएको छ । जनता नमूना विद्यालय शन्तकुटी खजुराले कृषि क्याम्पस निर्माणको लागि आवश्यक ६ विगाहा जग्गा उपलव्ध गराउने भएपछी क्याम्पस वन्ने मार्ग सहज भएको खजुरा कृषि क्याम्पस सहयोग तथा संचालन समितिका अध्यक्ष आइपी खरेलले जानकारी दिए […]