जडिबुटीलाई करको भार

२६ चैत्र २०७४, सोमबार १५:१०
 


सदरलाइनडटकम
२६ चैत, नेपालगन्ज : जडिबुटी निर्यातमा भारतको उत्तरप्रदेश राज्यको छुट्ट्ैै ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीहरुले पछिल्लो समय भारतमा लागु भएको बस्तु तथा सेवा कर ९जिएसटी० समेत तिर्नुपरेको छ । थरीथरीका करहरु तिर्नुपरेका कारण करोडौको जडिबुटी ब्यवसाय मारमा परेको जडिबुटी ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष याकुब अन्सारीले बताए ।
‘भारतको प्रदेश सरकारदेखि केन्द्रसरकारसम्म ट्रान्जिट परमिटका बारेमा कुरा पु¥यायौं तर सुनुवाई होला भनेको झन् जिएसटी पो लागु भयो ।’ अध्यक्ष अन्सारीले भने,–‘मारमा मार थपियो ।’ जिएसटी लागु भएपछि निर्यात खर्च बढेको र त्यसको सिधा मार जडिबुटी किसानहरुलाई पर्ने उनको भनाईछ । मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरुले उत्पादन गरेको जडिबुटी नेपालगन्जका ब्यवसायीहरुले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । करहरु थपिदा जडिबुटी किसानबाट मुल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अबस्था सिर्जना भएको ब्यवसायीहरुको भनाई छ ।
‘ट्राञ्जिट परमिट’ प्रणाली लागुभएपछि निकासीमा झन्झटिलो भएपछि नेपालगञ्जमा जडिबुटी गोदाममा थन्किएरहेको छ । पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । उनले भने, ‘यो विषयमा सरकार गम्भिर भएर लागेको छैन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउ“दा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत लगाए ।
भारतीय ट्राञ्जिट परमिटकै कारण नेपालगन्ज नाकाबाट भारतलगायत तेस्रो मुलुकमा जडीबुटी निकासी घटेको छ । बर्षनी जडिबुटी निकासी घटेको व्यवसायी बताउ“छन् । ठुला व्यवसायी घु“स दिएर निकासा गरेपनि साना व्यवसाय पलायन हुनुपरेको छ । नेपालगन्ज हु“दै भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छ ।


 

Next Post

राष्ट्रपति ट्वीटरमा

२६ चैत्र २०७४, सोमबार १५:१०
सदरलाइनडटकम २६ चैत, नेपालगन्ज :  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डट अफएनपी रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् । राष्ट्रपति […]