बाँकेमा १० संक्रमित थपिए, १७ जना डिस्चार्ज

सदरलाइन संवाददाता २७ आश्विन २०७८, बुधबार १७:१७
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६३ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा ५ र बागेश्वरी ल्याबामा ३० नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२७ पुगेको छ ।

यस्तै बुधवार थप १७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९१२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार दुई जनामा मात्र कोरोना पुष्टि

२७ आश्विन २०७८, बुधबार १७:१७
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा र बागेश्वरी ल्याबामा आज परीक्षण गरिएको छैन । […]