बाँके क्षेत्र नम्बर २ मा काँग्रेस उम्मेदवार राणासँग जनताको अपेक्षा

सदरलाइन संवाददाता २५ कार्तिक २०७९, शुक्रबार १३:२०
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा नेपालगञ्जका दुई वटा वडा बाहेक बाँकी २१ वटा वडा र डुडुवा गाउँपालिका पर्छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा क्षेत्र नम्बर २ मा रहेको धेरैजसो मतदाताको घर दैलोमा पुगिसकेका छन् । कतिपय वडा र टोलमा पुग्ने प्रयासमा छन् ।

चुनावी प्रचारसँगै यस क्षेत्रका जनताको अवस्था बुझ्नका लागि सकभर प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियानमा रहेको राणा बताउँछन् । पहिलो पटक चुनावी अभियानमा होमिएका उनी आफ्नो पहिलो अनुभव भएका कारण सबै मतदाताको घर आँगनमा पुग्नुपर्ने बताउँछन् ।

यसरी जनताको घर आँगनमा पुग्दा राणालाई मतदाताले सकारात्मक प्रतिक्रिया दिदै आएका छन् भने राणाले पनि प्रचारका क्रममा उनीहरुको समस्यालाई प्राथमिकता दिने गरेका छन् । आगामी निर्वाचनमा काँग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले काँग्रेसका उम्मेदवार राणासँग बाँके, क्षेत्र नम्बर २ का मतदाताले ठुलो अपेक्षा राखेका छन् ।


चुनावी अभियानका क्रममा शुक्रबार पनि राणा सहित कांग्रेसबाट प्रदेश सभा २ (क) का उम्मेदवार राजकुमार बर्मा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ र डुडुवा गाउँपालिका वडा नम्बर ६ का मतदाता माझ पुगेका छन् । सो क्षेत्रमा राणाप्रति जनताको उत्साहपूर्ण समर्थन देखिएको छ ।

घरदैलो अभियानका क्रममा मतदाताले संबिधान रक्षा र क्षेत्र नम्बर २ को विकासका लागि कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने वचन दिएका छन् । घरदैलो गर्दा अधिकांस मतदाताले कांग्रेसका उम्मेदवारले भोट मात्रै नमागेर आफुहरुको समस्या सोधेको भन्दै खुशी ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका शहरी बस्ती भूकम्पीय जोखिममा

२५ कार्तिक २०७९, शुक्रबार १३:२०
नेपालगञ्ज : नेपालगञ्जका शहरी बस्ती भूकम्पीय जोखिममा छन् । पछिल्लोपटक गरिएको सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको शहरी क्षेत्र जोखिममा रहेको देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा […]