खजुरामा कृषि क्याम्पस बनाउन समिति गठन

४ माघ २०७४, बिहीबार १८:५१
 

सदरलाइनडटकम  
४ माघ, नेपालगन्ज : बाँकेको खजुरामा खजुरा कृषि क्याम्पस बनाउनको लागि समिति निर्माण भएको छ । जनता नमूना विद्यालय शन्तकुटी खजुराले कृषि क्याम्पस निर्माणको लागि आवश्यक ६ विगाहा जग्गा उपलव्ध गराउने भएपछी क्याम्पस वन्ने मार्ग सहज भएको खजुरा कृषि क्याम्पस सहयोग तथा संचालन समितिका अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
बिहीबार जनता नमूना माविमा भएको भेलाले प्रदेश सभा सदस्य खरेलको अध्यक्षतामा कृषि क्याम्पस सहयोग तथा संचालन समिति समेत गठन गरेको छ ।
समितिमा अव्दुल कादिर शेख, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपती, सुमन मल्ल, देविलाल खनाल, कान्तुराम गौतम, तिलकवीर सुनार, किरण ढकाल, वेदनिधी प्याकुरेल, मोमिना खातुन, शेरबहादुर गुरुग, शैलेन्द्र खत्री, सीता सर्वुचा, सुन अधिकारी रहेका छन । समितिको सदस्य सचिवमा शशीराम कार्की रहेका छन ।
कृषि क्याम्पसका लागि जग्गा उपलव्ध गराए पछि यसै आर्थिक वर्षबाट निर्माण कार्य शुरु हुने भएको हो । ‘रामपुर चितवनको कृषि तथा वन विश्वविद्यालयबाट संम्वधन लिएर क्याम्पसमा बिएसी एग्रीकल्चरको पढाइ हुने छ । हामी क्रमशः फरेस्ट्रीको समेत अध्यापन गराउने छौ’– अध्यक्ष खरेलले भने।

Next Post

काम अनुसारको दाम आरनबाटै मनग्य कमाई (भिडियो सहित )

४ माघ २०७४, बिहीबार १८:५१
सदरलाइनडटकम  ४ माघ, नेपालगन्ज : बाँके बैजनाथ–८ हसनापुरका ७१ वर्षिय परे विक र उनका छोरा टेकबहादुर विकको दैनिकी घर अगाडिको आगनमा रहेको आरनमा बित्ने गरेको छ । दुई बाबुछोरालाई आरनमा दिनहुँ आउने काम सक्काएर दिन भ्याई नभ्याई हुने गरेको छ तर, उनीहरु हाँसीखुसी सेवा दिन तत्पर देखिन्छन त्यसको कारण हो […]