सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानको रावलपिण्डीमा भएको सेनाको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्मृत्यु भएको हो ।
विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको विमान मंगलवार बिहान आवासीय क्षेत्रमा बिहान दुर्घटनाग्रस्त भएको हो । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।
दुर्घटनाको कारण भने अहिले सम्म खुलेको छैन ।दआवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।
(एजेन्सी)
