प्रेस स्वतन्त्रता सेनानी बैष्यलाई थप उपचारको लागि भरतपुर लगियो

२ पुष २०७४, आईतवार १५:५७
 

सदरलाइनडटकम    
२ पुस, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी तथा शंखनाद साप्ताहिकका प्रकाशक सम्पादक रामगोपाल बैष्यलाई थप उपचारको लागि आईतबार भरतपुर क्यान्सर अस्पताल चितवन लगिएको छ ।
केही समय यता प्रोस्टेस्ट ग्रन्थीको क्यान्सरबाट पीडित अग्रज पत्रकार बैष्यलाई उनका छोरा तथा आजको सामना साप्ताहिकका प्रकाशक सम्पादक अजयकुमार गुप्ताले थप उपचारको लागि आईतबार विहान साढे ११ बजे भरतपुर लगिएको बताए ।
‘त्रीभुवन चोक बोल्दछ’ स्तम्भका लेखक समेत रहेका बैष्य दुईवर्ष अघिदेखि सो रोगबाट पीडित रहेको र गत वर्षमा भारतमा उनले अपरेशन समेत गराएको भएपनि गत असोजदेखि पुन सोही समस्या बल्झिए पछि उनी विमारी पर्दै आएका थिए ।
घरमै बसेर स्वास्थ्य लाभ गरि रहेकै बेलामा एक्कासी स्वास्थ्य स्थिति विग्रिएपछि उनलाई गत मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका बरिष्ठ फिजिसिययन डा.असिम किडवाईको रेखदेखमा उपचारपछि सोमबार थप उपचारको लागि भरतपुर लगिएको हो ।

Next Post

शैक्षिक महोत्सवमा बिज्ञान प्रदर्शनीले दर्शकको ध्यान खिच्यो

२ पुष २०७४, आईतवार १५:५७
सदरलाइनडटकम   २ पुस, नेपालगन्ज : गत विहीबारदोखि नेपालगन्जमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीका स्टलहरुले सबै धेरै ध्यान खिचेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यले दर्शकको ध्यान तानेको भए पनि बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरुले बिद्यार्थीले निर्माण गरेका बिज्ञान प्रदर्शनीमा झुम्मिएको […]