शैक्षिक महोत्सवमा बिज्ञान प्रदर्शनीले दर्शकको ध्यान खिच्यो

२ पुष २०७४, आईतवार १६:५०
 

सदरलाइनडटकम  
२ पुस, नेपालगन्ज : गत विहीबारदोखि नेपालगन्जमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीका स्टलहरुले सबै धेरै ध्यान खिचेको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यले दर्शकको ध्यान तानेको भए पनि बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरुले बिद्यार्थीले निर्माण गरेका बिज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ ।
ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले बिज्ञान प्रदर्शनी गरि रहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने बिज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।
ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरबेल स्पेन्सन् ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेको विद्यालयले जनाएको छ ।

Next Post

महोत्सवको तेस्रोदिन बहुभाषिक कवि गोष्ठी सम्पन्न

२ पुष २०७४, आईतवार १६:५०
सदरलाइनडटकम    २ पुस, नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा रहेको आठौ राष्ट्रिय शैक्षिक महोत्सवको तेस्रो दिन आईतबार साहित्यतर्फ बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा बिभिन्न भाषाभाषीका चर्चित कविहरुले आफ्ना कविताहरु वाचन गरेका थिए । सो अवसरमा साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलको पहिलो मुक्तक संग्रह ‘लेकबेसीका आ“शुहरु’ बिमोचन गरिएको […]