पाँच जना किशोरकिशोरीको रुपईडिहाबाट उद्धार

सदरलाइन संवाददाता १ फाल्गुन २०७८, आईतवार १५:१५
 

नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ ।

अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो ।


विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११ की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३ का १६ वर्षीय सागर चन्द, बासगढी नगरपालिका–२ बर्दियाका १८ वर्षीय आर्दश सुनार र सोही स्थानका १९ वर्षीय सुजित सुनारलाई उद्धार गरिएको हो ।

उनीहरुलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन ३ गते लुम्बिनी प्रदेशभरि सार्वजनिक विदा

१ फाल्गुन २०७८, आईतवार १५:१५
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७–१२ र १३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश […]