कांग्रेस बाँकेको कोषाध्यक्षमा बस्नेत मनोनित

सदरलाइन संवाददाता २२ चैत्र २०७८, मंगलवार १५:३८
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको कोषाध्यक्षमा यज्ञ बहादुर बस्नेत मनोनित भएका छन् । जिल्ला सदस्य बस्नेतलाई जिल्ला कार्यसमितिको आज बसेको बैठकले कोषाध्यक्षमा मनोनित गरेको हो ।

बस्नेत १४औं महाधिवेशन अन्तर्गत् सम्पन्न जिल्ला अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी सभापति नारायण प्रसाद गौडेल प्यानलबाट निर्वाचित भएका हुन् ।


कांग्रेस विधान अनुसार जिल्ला सभापतिको प्रस्तावमा कार्यसमिति बैठकबाट निर्वाचित जिल्ला सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरबाट ५ जुवाडे पक्राउ

२२ चैत्र २०७८, मंगलवार १५:३८
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । बसपार्कमा रहेको होटेल रेडिसनबाट सोमवार राति जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले जुवा खालबाट ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ नगद बरामद […]