बैतडीका ८ जनामा कालाजार देखियो, एक जनाको मृत्यु

सदरलाइन संवाददाता ८ असार २०७९, बुधबार १६:१२
 

बैतडी : बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको बताइएको छ ।


सुर्नया गाउँपालिकाका २, दशरथचन्द नगरपालिकाका ४ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको हो । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको छ । रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सद्भाव ग्रुपद्वारा नेपालगञ्जमा अत्याधुनिक बिजुली घर सञ्चालनमा

८ असार २०७९, बुधबार १६:१२
नेपालगञ्ज :  नेपालगञ्जको कारकाँदोमा अत्याधुनिक सुविधासहितको बिजुली घर सञ्चालनमा आएकोछ । नेपालगञ्ज–१८ कारकाँदो चोकमा अत्याधुनिक ब्यवस्थापनसहित ठूलो लगानीमा बिजुली घर सञ्चालनमा आएको हो । सुस्मिता गिरीले सञ्चालन गरेको बिजुली घरको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले बुधबार एक कार्यक्रमकाबीच विधिवत उद्घाटन गरेका हुन । नर्सिङमा अष्ट्रेलियाबाट मास्टर्स (स्नातकोत्तर) […]