रुपन्देहीलाई नेपालगन्ज गोल्डकपको उपाधि

३ चैत्र २०७३, बिहीबार १९:५८
 

सदरलाइनडटकम   
३ चैत, नेपालगन्ज : अग्नी रुपन्देही–११ ले दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । जीतसँगै रुपन्देहीले पाँच लाख पाएको छ । डेन डेथमा रुपन्देहीले सीमएजी क्लव संकटालाई पराजित गरेको हो । द्वितिय भएसँगै संकटाले दुई लाख ५१ हजार पाएको छ ।
निर्धारित समयमा एक÷एक गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । पाँच जनाले प्रहार गरेको पेनाल्टीमा चार÷चार जनाले गोल गरेपछि सडेन डेथमा पुगेको थियो । जसमा रुपन्देही ६–५ गोलले विजयी भयो । खेलको ६५ मिनेटमा संकटाले अनिल गुरुङको गोलमार्फत अग्रता लिएको थियो । विश्व अधिकारीलाई डीएरियाभित्र फाउल गरेपछि संकटाले पेनाल्टी पाएको थियो ।
८९ औं मिनेटमा शिव सुवेदीले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि खेललाई सिधैं ट्राइबेकरमा लगिएको थियो । संकटाका सुशील केसी, कालुदीप कार्की, भुषन सुब्बा, विश्व अधिकारीले गोल गरेपछि खेल जितको नजिक पुगेको थियो । पाँचौं नम्बरमा आएका कप्तान रवि सिलवालले प्रहार गरेको बल आकाशिएपछि खेल सडेन डेथमा पुगेको थियो । संकटाका लवाल ओलालेकन, राज पौडेलले पेनाल्टीमा गोल गर्न सकेनन् ।
रुपन्देहीका कालु थापा, उत्तम गुरुङ, गौरव बुढाथोकी, लक्ष्मण रुचाल, शिव सुवेदी र अजय थापाले गोल गरेका थिए । अजय विकको प्रहार संकटाका किपर अजय महर्जनले रोकेका थिए । सौरव मगरले हानेको बल बीममा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका शिव सुवेदी भए ।



प्रतियोगितामा म्यान अफ द सिरिज रुपन्देहीका अमर डंगोल भए । उनले सुजुकी वाइक पाए । त्यस्तै, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, रक्षकमा रुपन्देहीका मुसा, मिडमिल्डरमा रुपन्देहीका गौरव बुढाथोकी, फरवार्डमा संकटाका मार्टिनले पाँच÷पाँच हजार पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गीले पुरस्कार पाए ।
उपाधि विजेता रुपन्देही र उपविजेता संकटालाई कान्तिपुर पब्लिकेशन प्रालिकी कार्यकारी निर्देशक स्वस्तिका स्वाँर सिरोहियाले पुरस्कार वितरण गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, उपरथी नवजीव शमशेर राणा, एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघले सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते, तीन चौपाया मरे

३ चैत्र २०७३, बिहीबार १९:५८
सदरलाइनडटकम ४ चैत, बाजुरा : बाजुराको रुगिन–४ बोर्तामा बिहीबार राति परेको चट्याङ लागेर एक जना बालकको मृत्यु हुनुको साथै दुईजना घाइते भएका छन् । सोही चट्याङ्को कारणले तीन चौपाय समेत मरेको जानकारीमा आएको छ । विहिबार राती परेको चट्याङ लागेर हिमाली गाउँपालिका साविकको रुगिन गाविस–४ बोर्ताका १४ वर्षका शेरबहादुर कार्कीको […]