२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

तीसहजार घुससहित थारु परे अख्तियारको पञ्जामा



सदरलाइनडटकम 
२५, असोज कोहलपुर : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय कोहलपुरले सेवाग्राहीसंग घुस लिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जारी गरेको विज्ञप्तीमा ईलाका बन कार्यालय राजापुर बर्दियाका बन रक्षक सिताराम थारुलाई सेवाग्राहीबाट काठ निकासीको छुटपूर्जीको म्याद थपिदिने प्रयोजनको लागि ३० हजार घुस लिदै गरेको आवस्थामा नियन्त्रणमा लिएको उल्लेख छ ।
आरोपी थारुलाई घुसको रकम सहित कार्यालय परिसरबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार
ताजा समाचार