२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपाल बिना भारत अधुरो छ : भाजपा सांसद सिंह



सदरलाइनडटकम
७ चैत, काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद गोपालनारायण सिंहले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ऐतिहासिक रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै सांसद सिंहले भने,‘नेपाल बिना भारत अधुरो छ, भारत बिना पनि नेपाल अधुरो छ, हाम्रो सम्बन्ध भनेको रोजीरोटीको सम्बन्ध हो ।’
उनले नेपाल–भारतवीचको सम्बन्ध धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपमा युनिक रहेकोले अब हुन गैरहेको हरिहरनाथ–मुक्तिनाथ यात्रा २०१७ ले अझै थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्रा–२०१७ ले यात्राको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले यस्तो खाले यात्राले आर्थिक रुपमा पनि नेपाललाई फाईदा पुर्याउने र यसको अलावा नेपालको संस्कृतिलाई विश्वसमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने वा नहुने भन्नेबारे यहीँका जनताले निर्णय लिने कुरा भएकाले आफूहरुले यसबारेमा कुनै प्रतिक्रिया नदिने स्पष्ट पार्दै भने,‘नेपाली जनताले एकचोटी गम्भिर भएर सोच्नेछन्, प्रजातन्त्रको नाममा विश्वका शक्तिहरुले नेपालमा धर्ममाथि प्रहार गरिरहेका छन्, यसका बारेमा पनि नेपालीहरुले स्वच्छ र स्वतन्त्र रुपले निर्णय गर्नुपर्छ ।’
कार्यक्रममा नेपाल जनता पाटीका बरिष्ठ नेता अखिलेश्वर प्रसाद सिंह, महासचिव खेमनाथ आचार्य र भारतीय जनता पार्टीका युवा नेता तथा आरएसएसका प्रचारक अनुप कुमार सिंह लगायतको उपस्थिति थियो । आयोजकका अनुसार उक्त यात्रा यही चैत्र २९ गतेदेखि आगामी ०७४ सालको बैशाख ४ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : २०७३ चैत ७ गते सोमबार
ताजा समाचार