२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

बेवारिसे तथा असाहय पशुको लागि उपचार केन्द्र सञ्चालनमा



सदरलाइनडटकम
१० पुस, बैजापुर (बाँके) :  बाँकेमा बेवारिसे अवस्थामा छोडिएका पशुको स्याहार तथा उपचारका लागि पशु आश्रम तथा उपचार केन्द्र संचालनमा ल्याइएको छ । शनिबार बाँकेको बैजापुर– ४ नयाँबस्तीमा औपचारिक उद्घाटन गरिएको असाहय पशु आश्राम तथा उपचार केन्द्र नेपालमै पहिलो हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले केन्द्रको औपचारिक उद्घाटन गरेका हुन । अर्थवाईल्ड ईन्भाईरोमेन्ट नेपालले असहाय पशु आश्रम तथा उपचार केन्द्र संचालनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष हारुन अलीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.वेदबहादुर केसी, संस्थाका बरिष्ठ निर्देशक लियाकत अली, सदस्य डिल्ली वली लगायतले मन्तव्य राखेका
थिए । केन्द्रमा हाल चारवटा पशु रहेका छन् । एक वर्षभित्र एकहजार बढि बढिको स्याहार तथा उपचार गर्ने संस्थाको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७३ पुस १० गते आइतबार
ताजा समाचार