सदरलाइनडटकम,
४ साउन, नेपालगन्ज : तीजलाई लक्षित गरी तयार गरिएको जुनेली रातैको छायाँले बोलको गीत नेपालगन्जमा मगलबार छाँयाङ्कन गरिएको छ । युवा गाएक टंक तिमिल्सीनाले तयार पारेको सो गीतको मंगलबार विहान नेपालगन्जको एक होटलमा छायाँङ्कन गरिएको हो ।
गीतमा नाच्नको लागि तीन दर्जन जति युवा युवती रङगी चङगी भएर सजिएका थिए ।
तीज आउन अझै डेढ महिना बाँकि भए पनि उनीहरु जुनेली रातैको छायाँले बोलको तीज गीतमा छमछमी नाचेका देखिन्थे टंक तिमिल्सीनाको शव्द लयमा तयार पारीएको गीतमा रजनि लामाले स्वरमा साथ दिएकी छन । सो गीतमा महिला दिदिबहिनीहरु साडिमा उर्फि उर्फि नाका थिए ।
काठमाडौको मारुनी रेकडिङ्ग स्टुडियोमा रेर्कड गरीएको जुनेली रातैको छायाले बोलको तीज गीतमा नेपालगन्जका कलाकारले अभिनय गरेका छन ।
गीत एकदमै पृथ बनेकाले भिडियो पनि राम्रो बन्ने गायक तिमिल्सीनाले आफु आशाबादी रहेको बताए गीतको भिजुवलमा मिलन मगर र भिमसेन कल्यानले छायाङ्गन गरेका छन ।
शब्द फोटो : खगेन्द्र दाहाल













प्रतिक्रिया दिनुहोस्