अर्घाखँचीको रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलको मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

सदरलाइन संवाददाता ११ आश्विन २०८३, आईतवार १८:१५
 
समाचार सारांश
Generated Using AI
  • शितगंगा नगरपालिका–११ र ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।
  • पुल निर्माणपछि वर्षायाममा स्थानीयले भोग्दै आएको आवतजावतको समस्या समाधान भई दुर्गम बस्तीको दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
  • पुलले स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल पुग्नसमेत सहजता ल्याउने जनाइएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन् । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन गरेका हुन ।

पुल उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

पुल उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पुल निर्माण भएपछि वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताए । उनले पुलको संरक्षण र दीर्घकालीन उपयोगको जिम्मेवारी अब स्थानीय समुदायको समेत भएको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै काम गरेको स्पस्ट पार्दै भने ‘३५ बर्षमा केही पनि भएको छैन भन्ने भाष्य गलत हो । यो अवधिमा थुप्रै काम भएका छन् ।’ ्

सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले रङ्गशिङ्ग खोलामा निर्माण भएको पुल जनप्रतिनिधिको साझा प्रयासबाट प्राप्त उपलब्धि भएको बताए । उनले पुल निर्माणले शितगंगा नगरपालिकाका दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

मन्त्री घिमिरेले वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै पक्की पुल निर्माणपछि दैनिक आवागमन सहज हुने बताए ।

पुल निर्माणसँगै शितगंगा नगरपालिका–११ र ९ का बासिन्दालाई आवतजावतमा सहजता भएको छ । स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल सम्म पुग्न समेत पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *