समाचार सारांश
- बाँकेको पश्चिम राप्ती नदीमा निर्माण गरिएको स्थायी तटबन्धले बाढी, डुबान र नदी कटानबाट सयौं बिघा खेतीयोग्य जमिन तथा राप्तीसोनारी र नरैनापुरका बस्तीहरू सुरक्षित भएका छन्।
- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमहीले एडीबी र नेपाल सरकारको सहयोगमा विभिन्न स्थानमा करिब २.५ किलोमिटरभन्दा बढी तटबन्ध निर्माण गरेको जनाएको छ।
- स्थानीयका अनुसार तटबन्ध निर्माणपछि वर्षायाममा हुने त्रास कम भएको छ भने नदी कटानबाट हुने वार्षिक क्षति पनि घट्ने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही दाङ्गले पश्चिम राप्तीनदी बाँकेमा निर्माण गरेको स्थाई तटबन्धका कारण राप्ती नदीमा आउने बाढी डुबान र कटानबाट सयौ विगाह खेतीयोग्य जमिन जोगाउनुको साथै नदीको कटान र डुवानको जोखिममा भएको गाउ बस्तीलाई जोगाउन सफल भएको छ ।
सो तटबन्धले राप्तीसोनारी वडानं २ को कचनापुर, महादेवा, मदुई वडान. ६ को फत्तेपुर वडानं ७ को खल्लाझगडिया, नरैनापुरको वडानं. ५ र ६ अन्तरगतका गाउहरु बाढीको प्रकोपबाट जोगिने भएका हुन् ।
सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही दाङ्गका आयोजना प्रमुख निश्चल छत्कुलीले राप्तीनदीमा निर्माण गरेको करिव २ हजार ५ सय स्थाई तटबन्धले राप्तीसोनारी वडानं २ को यौविगाह खोतियोग्य जमिन पुन प्राप्ती हुनुको साथै डुवान र कटानको जोखिममा रहेका गाउलाई खतरा मुक्त बनाउन सफल भएको जानकारी दिए ।
उनले आयोजनाले राप्तीसोनारीको वडानं २ मा २ हजार ५ मिटर एडिबिको सहयोगमा तटबन्ध निर्माण सम्पन्न गर्नुको साथै विपदबाट २ सय मिटर, सरकारकै लगानीमा १३० मिटर, राप्ती सोनारीको ७ नं वडा खल्ला झगडियामा ५ सय मिटर र डुडुवाको होलियामा २ सय २० मिटर तटबन्ध निर्माण गरेको बताए ।

राप्ती सोनारी वडानं ७ नं वडा अध्यक्ष रामलखन थारुले सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही दाङ्गले खल्ला झगडिया निर्माण गरेको स्थाई तटबन्धले नदी किनारका धेरै गाउ जोगाएको बताए ।
उनले तटबन्ध नहुदा खल्ला झगडियाकास्थानीय वर्षातको बेला रातभर जागाराम बस्नु पर्ने समस्या हाललाई टरेको बताए । उनले आयोजनाले निर्माण गर्नलागेको पक्की तटबन्धले आफुहरुमा आशा पलाएको बताए ।
सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गरेको बाँधले बाँकेमा राप्तीनदीको कटान डुवानबाट वर्षेनी सयौ विगाह खेतीयोग्य जमिनमा क्षति पुराउनुको साथै तटिय क्षेत्रका गाउमा नदिले पुराउदै आएको क्षति अब भने रोकिने भएको छ ।

