उफ ! गर्मीले अक्रान्त बन्दै नेपालगञ्ज

सदरलाइन संवाददाता १० जेष्ठ २०८३, आईतवार १९:२१
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा केही दिनयता बढेको अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ ।
  • गर्मीका कारण मानिसहरू घरबाहिर निस्कन कठिन भएको छ भने दैनिक ज्याला मजदुरहरूले काम गर्ने समय परिवर्तन गरेर रातिको समयमा काम गर्न थालेका छन् ।
  • बढ्दो गर्मीसँगै विद्युत कटौती र लो भोल्टेजले समस्या झन् बढाएको स्थानीयले बताएका छन् भने प्रभावित मजदुरको कार्यसमय परिवर्तन गर्न रोजगारदातालाई आग्रह गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

दिनमा गर्मीका कारण काम गर्न नसक्ने भए पछि नेपालगञ्जको बीपी चोकमा राती काम गर्दै मजदुरहरु  । फोटो : रुद्र सुवेदी

नेपालगञ्ज  : बाँकेमा केही दिन यता बढेको गर्मीका कारण यहाँको जनजीवन आक्रान्त भएको छ । गर्मीसंगै चल्ने तातोहावाका कारण बाँकेमा जनजीवन कष्टकर बन्नुको साथै दिनमा मानिसहरुलाई बाहिर निस्कन समेत गाह्रो भएको छ ।

गर्मीका कारण मानिसहरु घरबाट निस्कन छाडेका छन् भने दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरु मर्कामा परेका छन । उनीहरु आफनो दैनिक कामगर्ने समय समेत परिवर्तन गरि काम गर्न थालेका छन ।

केही दिन यता बढेको गर्मीका कारण बाँके लगायत तराईको जनजीवन प्रभावित भएको छ । गर्मीसंगैको तातोहावाका कारण बिहानैदेखि बाहिर निस्किन कठिन हनुको साथै बिधुत कटौतीले झनै आक्रान्त पारेको नेपालगञ्ज–१ धम्बोझीका प्रमोद धितालले जानकारी दिए ।

नेपालगञ्ज–१८ का राजेन्द्र कडेलले गर्मीले गालेको बेलामा घरमा बस्न पनि कठिन भएको बताए । उनले गर्मीको चरम उत्कर्षमा पटक पटकको बिधुत कटौती र लो भोल्टेजको कारण झनै गाह्रो भएको बताए ।


बद्दो गर्मीका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर झनै प्रभावित भएको र दिनको काम रातिगर्ने सेडुल बनाएर राति काम गर्न थालेका छन ।

नेपालगञ्जमा बढ्दो गर्मीका कारण दैनिक ज्याला मजदुर प्रभावित हुन सक्ने भएकोले कार्य समय परिवर्तन गर्नको लागि रोजगारदता लाई आग्रह गरिएको नेपलगञ्ज उपमहानगर स्थानीय आपतकालिन सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाकारी दिए ।

नेपालगञ्जमा गर्मी बढ्दै जादा यहाँको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण दैनिक ज्याला मजदुर बालबालिका जेष्टनागरिक, पशु चौपाय अत्यन्तै प्रभावित भएका छन ।

गर्मीका कारण दैनिक ज्याला मजदुरको दिनमा गर्मी अधिक हुने हुदा उनीहरुको कार्य समय समेत परिवर्तन गरिएको छ । गार्मीका कारण मानिसहरु चिसो पेय पदार्थहरु समेत खानेको भिड लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *