अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण फेरी पनि सूचना विभागबाटै

सदरलाइन संवाददाता ९ आश्विन २०८२, बिहीबार १९:४२
 

काठमाडौ :  सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन ।


पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको भए पनि बर्तमान सरकारले सो निर्णय उल्टाउदै पुनः सूचना विभागबाटै हुने निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई नै तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

यसैगरी, आफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

९ आश्विन २०८२, बिहीबार १९:४२
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै विहिवार रातीबाट दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको […]