१७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या

सदरलाइन संवाददाता २० जेष्ठ २०८२, मंगलवार १८:१०
 

एजेन्सी : पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।

सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् ।


प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्ति अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।

गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधन अत्यावश्यक : कांग्रेस महामन्त्री थापा

२० जेष्ठ २०८२, मंगलवार १८:१०
नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम अत्यावश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न पनि संविधान संशोधन जरूरी भएको बताए । महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने […]