नेपालगञ्जबाट औपाचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १८:४७
 

नेपालगञ्ज  :  राष्ट्रिय समाचार समिति (रासस) ले ‘अवधी समाचार सेवा ’ नेपालगञ्ज उपमहानगरसंगको सहकार्यमा सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरमा माउस क्लिक गरेर समाचार सेवाको सुभारम्भ गरेका हुन ।

उनले अवधी भाषीको मिडिया कन्टेन्टका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिदै आफ्ना भाषा,कला संस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुने बताए ।

उनले अवधी भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारले पहल गरेको उल्लेख गर्दै अवधी भाषाभाषीको संरक्षणले नेपालगन्जको परिचय दिने बताए ।

नगरप्रमुख विष्टले भने ‘जसले नपाली भाषा बुझ्नुहुदैन उहाँहरुले आफ्ना मातृ भाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।’ अवधी भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार भएको उल्लेख गरे ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाको विषय समावेशी र संघीयता कार्यन्वयनसँग जोडिएको विषय भएको जानकारी दिदै अवधी भाषा समाचार सेवाका कन्टेन्ट स्थानीय मिडीयाले प्रयाग नगरे त्यसको अर्थ नहुने बताए ।


उनले मातृभाषाको समाचार सेवासँग समाजलाई जोडनुपर्ने तर्क गर्दै मीडियाले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्ससलाई ध्यानमा राखेर काम गर्न खोजेको बताए ।

अध्यक्ष झाले पहिलो पटक अवधी समाचार सेवा सुरुवात गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्दै सम्वन्धित भाषामा मिडीया कन्टेन्ट पाउनका लागि समाचार सेवा सहयोगी हुने विश्वास व्यक्त गरे । उनले यही चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी दिए ।

राससका महाप्रन्धक सिद्धराज राईले अवधी समाचार सेवाबाट भाषामा विविधिकरण भएको उल्लेख गर्दै रासस मिडिया कन्टेन्ट दिने संस्था भएको बताए ।

उनले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताए ।

साहित्यकार सनत रेग्मीले अवधी भाषाका विकासका लायि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नैमा जोड दिदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई वढवा दिनुपर्ने बताए ।

अवधी साहित्यकार विश्वलाल कुमालले दाउपेचका कारण अवधी साहित्य पछी परेको उल्लेख गरे । सो अवसरमा रासस सेवाग्राहीकातर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस, नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्र लगायतले अवधी समाचार सेवा सुरुवातबाट अवधी भाषी संचारमाध्यम लाभावन्वित हुने बताएका थिए । गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले राष्टिय (मातृभाषा) समाचार सेवाको शुभारम्भ गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको रिहारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

७ माघ २०८०, आईतवार १८:४७
नेपालगञ्ज : दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ रिहारमा आइतवार राती दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

सम्बन्धित