ठगी आरोपमा वडाध्यक्ष पक्राउ

सदरलाइन संवाददाता ३२ जेष्ठ २०८०, बिहीबार १४:५५
 

धनगढी : कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडाध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीले टोलीले उहाँलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वडा अध्यक्ष धामीमाथि ३४ लाख रुपियाँ चेक बाउन्सको आरोप लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडा अध्यक्ष धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा नै राखेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । उनका अनुसार धामीलाई जेठ २५ गते नै पक्राउ र म्याद थप गरेर आवश्यक अनुसन्धानको कार्य भइरहेको छ ।


प्रहरीका अनुसार वडाध्यक्ष धामीले कुँवरलाई आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैङ्कको ३४ लाखको चेक दिएका थिए । तर खातामा रकम थिएन ।

बैङ्क खातामा रकम नभई चेक बाउन्स भएपछि कुँवरले गत फागुनमा नै इलाका प्रहरी कार्यालय मालाखेतीमा धामीविरुद्ध ठगीको उजुरी दिएका थिए । पक्राउ परेका धामी नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा शिक्षकहरुद्वारा विद्यालयमा तालाबन्दी

३२ जेष्ठ २०८०, बिहीबार १४:५५
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिका भित्र अनुदानमा काम गर्दै आएका शिक्षकले तलब नपाएपछि बिहीवारदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले गाउँपालिका आफुहरुको माँग प्रति गम्भीर नभएको बताउँदै बाध्य भएर विद्यालय बन्द गराउनु परेको गुनासो सुनाए । हामी विद्यालय बन्द गर्न चाहन्नौं, पटक पटक तलबका लागि आग्रह गर्दासमेत सुनुवाई नभएपछि आन्दोलनको […]