भेरीको ओपिडी सेवा मंगलवारदेखि पुनः सुचारु

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार १०:३८
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएको भेरी अस्पतालको ओपिडी सेवा मंगलवारबाट शुरु भएको छ । भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा सञ्चालन गरिरहेको भेरी अस्पतालले मंगलवारदेखि ओपिडी सेवा शुरु गरेको हो ।

पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले पहिले झै नियमित ओपिडी सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए । एक सातासम्म एक बजेसम्म सेवा दिइने र त्यसपछि समयअनुसार पहिले झै नियमित हुने डा.थापाको भनाइ छ ।

योबीचमा अस्पतालले संक्रमित बिरामीको उपचार, संक्रमित बिरामीको शल्यक्रिया लगायतका सेवा दिईरहेको थियो । संक्रमण करिब नियन्त्रण बाहिर गएको समय अस्पतालले बेड संख्या भन्दा बढी कोभिडका बिरामी राखेर उपचार दिएको थियो ।


अस्पतालमा अहिलेपनि कोरोना भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ ।कोभिड संक्रमित बिरामीका लागि २०० बेड छुट्याएको यो अस्पतालमा अहिले ७३ जना संक्रमित बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँके र आसपासका जिल्लामा संक्रमण दरसँगै कोभिडका कारण भइरहेको मृत्युदरमा कमि आउन थालेपछि अस्पतालले सबै बिरामीहरुको सहज उपचारका लागि ओपीडि सेवा सुरु गर्न लागेको हो । यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले समेत ओपिडी सेवा शुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो

१ असार २०७८, मंगलवार १०:३८
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । दुबै जनाको भेरी अस्पतालमा मृत्यु भएको हो । कोहलपुर ३ बाँकेका ४८ वर्षीय पुरुष र गेरुवा ६ बर्दियाका ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट […]

सम्बन्धित