प्रहरीद्वारा बुटवलमा ई–रिक्सा चालकमाथि कुटपिट

२५ माघ २०७६, शनिबार १४:१५
 

सदरलाइनडटकम,
बुटवल : विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेको छ । प्रहरीको कुटाइबाट ई–रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए ।
बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीसँग प्रहरीले शुरुमा ब्लुबुक मागेको थियो । चालकले ब्लुबुक साथमा नरहेको भन्दै लाइसेन्स देखाउँदा प्रहरीसँग विवाद भएको थियो ।
विवादपछि प्रहरी बिटमा ल्याई अन्य दुई जना प्रहरीसमेत मिलेर कुटपिट गरेको सिंजालीले बताए । प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीलेनै अस्पताल लगेर छाडेको बताए । सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
चालकमाथि कुटपिटको विरोधमा बुटवलका ई–रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् । करिब पाँच सयको संख्यामा उपस्थित चालकहरुले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएको बताए । उनले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले घटना भएको जानकारी पाएको बताउँदै अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

Next Post

मझगाँउ विमानस्थलको मन्त्री भट्टराईद्वारा निरीक्षण

२५ माघ २०७६, शनिबार १४:१५
सदरलाइनडटकम, कञ्चनपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको पहल भइरहेको बताएका छन् । विमानस्थलको शनिवार निरीक्षण गर्दै बन्द रहेको विमानस्थल सञ्चालनका लागि सरकारले तयारी थालिरहेको बताएका हुन् । भिमत्तद नगरपालिकाले आयोजना गरेको ‘विमानस्थल सम्बन्धमा छलफल’ कार्यक्रममा मन्त्री भट्टराईलेसरकारले विमानस्थल निर्माण, पुनः निर्माण तथा […]