ट्रिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

२९ जेष्ठ २०७६, बुधबार १५:४३
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतमा ट्रिपरको ठक्करबाट पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा गेलाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

पत्रकार वाग्लेद्वारा एकलाख अक्षयकोषको घोषणा

२९ जेष्ठ २०७६, बुधबार १५:४३
सदरलाइनडटकम, नेपालगञ्ज : पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना बुवाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । वाग्लेले आफ्ना दिवंगत पिता झगरीलाल उपाध्यायको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । श्रद्धाञ्जलीसभामा बोल्दै वाग्लेले हरेक वर्ष बाँकेमा क्रियाशिल पत्रकारहरुमध्ये २ जनालाई […]