नीलसागरलाई वाणिज्य बैंकका कर्मचारीको नगद सहयोग

१० माघ २०७५, बिहीबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  राष्ट्रिय वाणिज्य बैंकको ५४औं वार्षिकोत्सवका अवसरमा बैंकका कर्मचारीहरुले नेपालगञ्जको एक वृद्धाश्रम तथा असाहे केन्द्रलाई करिव दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेपालञ्जको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले बैंकका क्षेत्रीय र तीनवटा शाखा कार्यालयमा कार्यरत कर्मचारीले बैंकको वार्षिकोत्सव मनाउने रकममा व्यक्तिगत रुपमा थप गरी सहयोग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका नेपालगन्ज शाखाका मुख्य प्रबन्धक विमलराज खनाल, वाणिज्य बैंकका क्षेत्रीय कार्यालय प्रमुख आनन्द सुवेदी, नेपालगन्ज शाखा प्रबन्धक यज्ञबहादुर बस्नेत, त्रिभुवन चोक शाखा प्रबन्धक ललीतबहादुर शाही र खजुरा शाखा प्रबन्धक कृष्णप्रसाद धिताललगायतले नीलसागरकी अध्यक्ष सरिता खनाललाई बिहीबार छुट्टाछुट्टै चेक हस्तान्तरण गरेका हुन ।
क्षेत्रीय कार्यालय नेपालगन्जले ८० हजार, नेपालगन्ज शाखा कार्यालयले ५० हजार, त्रिभुवन चोक शाखाले ३० हजार र खजुरा शाखाले २५ हजार रुपैयाँ संकलन गरेको बैंकका क्षेत्रीय कार्यालय प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।
सुवेदील केन्द्रबाट ५४औं वार्षिकोत्सव मनाउन ५० हजार रुपैयाँमा आएकोमा क्षेत्रीय र अन्य तीन शाखामा कार्यरत बैंकका हरेक कर्मचारीले कम्तीमा दुई हजारदेखि सात हजार रुपैयाँ व्यक्तिगत रुपमा थप गरी सहयोग गरेको बताए ।
बर्दियाको गुलरिया शाखाले विद्यार्थीलाई पाठ्यसामग्री र स्टेशनरी वितरण र सुर्खेत शाखाले बिरामीलाई फलपूmल बाँडेको उनले जानकारी दिए ।
कार्यक्रममा नीलसागरकी अध्यक्ष सरिता खनालले संस्थाको नियमित आम्दानीको कुनै स्रोत नभएकाले सहयोगी मनहरुबाट सन्चालन भइरहेको जानकारी गराइएकी थिइन् ।
कार्यक्रममा क्षेत्रीय कार्यालयका उपप्रमुख राधेश्याम योगीले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन क्षेत्रीय कार्यालयका उपप्रबन्धक लीलाराम ढुंगानाले गरेका थिए ।  

Next Post

पहिलो चरणको खेल सकियो

१० माघ २०७५, बिहीबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा जारी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीवार गोलको वर्षा भएको छ । दुई वटा खेलमा १८ गोल भएको छ । बाँके शिक्षाले अमर माविलाई १०–० गोलले पराजित गरेको छ । बाँके शिक्षाका अमित पौडेलले ह्याट्रिक गरेका छन् । खेल शुरु […]

सम्बन्धित