निर्मला हत्या प्रकरणमा शंकास्पद चारजनाको नमूना संकलन

१५ कार्तिक २०७५, बिहीबार १४:५८
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शंकास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ ।
महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाण्डौस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
अन्य शंकास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले जानकारी दिए । हत्याको घटनाको विस्तृत अनुसन्धान कार्य अझै जारी रहेको उनले बताए । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

Next Post

राष्ट्रीय परिचय पत्र छाप्न शुरु, कत्तिकभित्रै वितरण गरिने

१५ कार्तिक २०७५, बिहीबार १४:५८
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रीय परिचय पत्र छपाईको काम शुरु भएको छ । राष्ट्रीय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीवारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा शुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितीमा गृहमन्त्रालयभित्र राष्ट्रीय परिचय पत्र छपाईको काम शुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च […]