सडक दुर्घटनामा बाँकेमा छ जनाको ज्यान गयो, १७ घाइते

२० आश्विन २०७५, शनिबार ११:००
 


सदरलाइनडटकम,
नेपालगञ्ज : सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिवार बिहान हाईस बस र ट्रक एकापसमा ठोक्किँदा चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले बताए ।
दुर्घटनामा  १७ जना घाईते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाईस बस र कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बिहान करिब सवा ९ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका ९ जिरो भन्ने स्थानमा मुगुवा खोला नजिक एकापसमा ठोक्किएका हुन् ।
घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

बाँकेको सडक दुर्घटनामा मृतक सबै छ जनाको सनाखत

२० आश्विन २०७५, शनिबार ११:००
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मुगु खोला नजिकै शनिवार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट नेपालगञ्ज आईरहेको रा १ ज १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको […]