कञ्चनपुरमा गोली चल्दा तीन घाइते, एकको अवस्था गम्भीर

८ भाद्र २०७५, शुक्रबार १८:४२
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा शुक्रवार फेरी गोली चल्दा तीनजना प्रदर्शकारी घाइते भएका छन् । प्रशासनले बिहीवार लगाएको कर्फ्यु शुक्रबार हटाएपछि प्रदर्शनकारीहरुको आन्दोलन पुनः उग्र हुँदैजाँदा प्रहरीले गोली चलाएको हो ।
आन्दोलनकारीले प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले गोली चलाएको जनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् भने घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
आन्दोलन उग्र हुँदा कञ्चनपुर तनावग्रस्त भएको छ । निर्मला हत्या छानबिनको माग गर्दै प्रदर्शकारीहरुको आन्दोलन उग्ररुप भएपछि प्रशासनले बिहीवार कर्फ्यु लगाएको थियो ।

Next Post

प्रहरीले गोली चलाउँदा कञ्चनपुरमा एकको मृत्यु, केही घाइते

८ भाद्र २०७५, शुक्रबार १८:४२
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरमा शुक्रवार प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै शुक्रवारको आन्दोलन काबुभन्दा बाहिर जान थालेपछि प्रहरीले चलाएको गोली लागेर १२ वर्षीय बालक चेतन भट्टको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित