सदरलाइनडटकम
२९ जेठ, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार भेरी प्राविधिक शिक्षालयबाट अर्काको नाममा परिक्षा दिदै गरेका सात जनालाई पक्राउ गरेको छ ।
स्वास्थ्य सहायक प्रथम वर्ष अन्र्तगत भौतिक शास्त्रको ‘ब्याकपेपर’ दिन आएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर बिष्टले बताए ।
‘नक्कली प्रशिक्षालाई पक्राउ गरी मेडिकल गर्दैछौं ।’ बिष्टले भने,—‘उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।’ बिद्यार्थीहरु बाँके लगायत बिभिन्न जिल्लाबाट आएका छन् । उनीहरुले अर्काको नाममा परिक्षा दिदै थिए । अनुसन्धान पुरा भइसकेपछि उनीहरुलाई कस्तो कारवाही गर्ने भन्ने बिषयमा त्यसपछि मात्र केही भन्न सकिने बिष्टले बताए । फोटो स्केच : गुगलबाट