कर्णालीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगियो

सदरलाइन संवाददाता ३ भाद्र २०८३, बुधबार १३:३१
 
समाचार सारांश
Generated Using AI
  • कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बीच मन्त्रालयको भागबण्डा टुंगिएको छ।
  • नेपाली कम्युनिष्ट पार्टीले चार र एमालेले तीन मन्त्रालय पाउने गरी ६ बुँदे सहमति भएको हो।
  • मन्त्रालय बाँडफाँट टुंगिए पनि मन्त्रीहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत  : कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनु अगावै सरकार गठन र सञ्चालनका सन्दर्भमा सहमति जुटेको हो । आज दिउँसो ३ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएकै दिन सहमति बनेको छ ।

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश संसदीय दलबीच आज एक ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार दुई दलबीच मन्त्रालयहरू विभाजन गरिएको छ ।

सहमति अनुसार नेपाली कम्युनिष्ट पार्टीको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने निश्चित भएको छ ।


दुवै दलका संसदीय दलका नेताहरू क्रमशः मंगल बहादुर शाही र यामलाल कँडेलद्वारा हस्ताक्षरित सहमति पत्रमा प्रशासनिक संरचना सुधार, बजेट कार्यान्वयन र सुशासनका विषयहरूलाई प्राथमिकता दिइएको छ ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिनु ठीक अगाडि भएको यो भागबण्डाले नयाँ सरकार गठन र सत्ता समीकरण सहज हुने देखिएको छ । यद्यपि मन्त्रालय टुंगो लागे पनि क– कसलाई मन्त्री बनाउने भन्ने कुरा निर्णय अझै बाहिर आएको छैन ।

यस्तो छ सहमति पत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पालिकास्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न

३ भाद्र २०८३, बुधबार १३:३१
समाचार सारांश Generated Using AI कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बीच मन्त्रालयको भागबण्डा टुंगिएको छ।नेपाली कम्युनिष्ट पार्टीले चार र एमालेले तीन मन्त्रालय पाउने गरी ६ बुँदे सहमति भएको हो।मन्त्रालय बाँडफाँट टुंगिए पनि मन्त्रीहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। बर्दिया […]

सम्बन्धित