विपद्को र शिक्षाको क्षेत्रमा प्लन नेपाल र बी ग्रुपको उल्लेखनीय कार्य

सदरलाइन संवाददाता १० भाद्र २०८३, बुधबार १९:२४
 
समाचार सारांश
Generated Using AI
  • प्लान इन्टरनेशनल नेपाल र बी ग्रुप बाँकेको साझेदारीमा बर्दियामा सञ्चालित प्रयास–२ तथा सिकाइ सुधार परियोजनाको सिकाइ र प्रगति समीक्षा बैठक सम्पन्न भएको छ।
  • परियोजनाले विपद् पूर्वतयारी, विद्यार्थीको सिकाइ सुधार, उपचारात्मक कक्षा, शिक्षक क्षमता विकास तथा गणित–विज्ञान र प्रविधिमैत्री शिक्षणमा काम गरेको जनाएको छ।
  • मन्त्री भण्डारीलाल अहिरले परियोजनाको प्रभावकारी कार्यको प्रशंसा गर्दै शिक्षा र विपद् व्यवस्थापनका कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

देउखुरी : प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा बर्दियाका ८ वटा स्थानीय तहमा सञ्चालित प्रयास–२ परियोजना तथा ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा सञ्चालित सिकाइ सुधार परियोजनाको सिकाइ तथा प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।

प्रयास–२ परियोजनाअन्तर्गत विपद् पूर्वतयारी तथा सबलीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ भने सिकाइ सुधार परियोजनामार्फत विद्यार्थीको सिकाइ उपलब्धि सुधार, उपचारात्मक कक्षा, शिक्षक क्षमता विकास, गणित तथा विज्ञान शिक्षणमा सुधार, क्ष्ऋत् तथा प्रविधिमैत्री शिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले प्लान इन्टरनेशनल नेपालका साझेदार संस्था बी ग्रुपमार्फत सञ्चालन गरिएका परियोजना लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुगेको बताए ।

उनले शिक्षा र विपद्को क्षेत्रमा परियोजनाले उल्लेखनीय काम गरेको भन्दै मन्त्रालयको तर्फबाट प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपलाई धन्यवाद व्यक्त गर्नुभयो । परियोजनाबाट समुदाय तथा विद्यालय तहमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री अहिरले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मन्त्री अहिरले आगामी दिनमा परियोजनाका कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेट निर्माणका क्रममा शिक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बी ग्रुपका अध्यक्ष डा. इन्द्र भण्डारीले अध्यक्षता गरेका थिए भने लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशका उपसचिव सुरेशचन्द्र आचार्य, विभिन्न मन्त्रालयका महाशाखा प्रमुख तथा प्रतिनिधि, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रबन्धक मीना कुमारी पराजुली, गाउँपालिका महासंघ, पत्रकार महासंघ तथा गैरसरकारी संस्था महासंघका प्रमुख एवं प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले परियोजनाको उपलब्धि, प्रगति तथा सिकाइसम्बन्धी प्रस्तुति गरेका थिए । उनले परियोजना सञ्चालनका क्रममा प्राप्त उपलब्धि, चुनौती तथा सिकाइबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले परियोजनाका उपलब्धि तथा सिकाइलाई स्थानीय तह, विद्यालय र समुदायसँगको समन्वयमा निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । खुला छलफलमार्फत परियोजनाका आगामी कार्यदिशाका विषयमा सुझाव तथा पृष्ठपोषणसमेत संकलन गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *