पाँच महिनापछि काङ्ग्रेस पूर्वसभापति देउवा स्वदेश फिर्ता

सदरलाइन संवाददाता २८ श्रावण २०८३, बिहीबार १९:४०
 
समाचार सारांश
Generated Using AI
  • शेरबहादुर देउवाले पाँच महिनाको विदेश उपचारपछि स्वदेश फर्किएलगत्तै राष्ट्रिय एकता सुदृढ गर्न आह्वान गरेका छन्।
  • उनले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता बलियो बनाउन स्वदेश फर्किएको स्पष्ट पारे।
  • देशको जटिल परिस्थिति समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गरेका छन ।

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गरेका हुन ।

आफ्नो सन्देशमा उनले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पारेका छन ।

पूर्वसभापति देउवाले जारी गरेको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिएका छन् । उनलाई स्वागत गर्न काङ्ग्रेसका केही नेता र कार्यकर्ता विमानस्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवनमा लागु औषधविरुद्ध सचेतना अभियान

२८ श्रावण २०८३, बिहीबार १९:४०
समाचार सारांश Generated Using AI शेरबहादुर देउवाले पाँच महिनाको विदेश उपचारपछि स्वदेश फर्किएलगत्तै राष्ट्रिय एकता सुदृढ गर्न आह्वान गरेका छन्।उनले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता बलियो बनाउन स्वदेश फर्किएको स्पष्ट पारे।देशको जटिल परिस्थिति समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए। यो सारांश AI […]