सशस्त्र प्रहरी प्रमुख पौडेलद्वारा बाँकेको सीमा क्षेत्रको अनुगमन

सदरलाइन संवाददाता ८ भाद्र २०८३, सोमबार १९:४४
 
समाचार सारांश
Generated Using AI
  • सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बाँकेको सीमा क्षेत्र, नौबस्ता कारागार, जमुनाहा नाका, आईसीपी र बागेश्वरी पोष्टको स्थलगत निरीक्षण गरेका छन्।
  • निरीक्षणका क्रममा सीमा सुरक्षा, तस्करी, अवैध ओसारपसार, लागुऔषध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणबारे सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्।
  • दशगजा क्षेत्रमा भारतीय एसएसबीका अधिकारीसँग भेट गर्दै सीमा सुरक्षा र द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सोमबार बाँकेको समग्र सुरक्षा अवस्था र सीमा क्षेत्रको वस्तुस्थितिको स्थालगत अवलोकन गरेका छन् ।

उनले जिल्लाका विभिन्न सीमा नाका, कारागार तथा सुरक्षा इकाईहरूको स्थलगत अवलोकन गरेका हुन । आफ्नो भ्रमणका क्रममा सशस्त्र प्रहरीका आईजी पौडेलले नौबस्ता कारागार, नेपाल–भारत सीमास्थित मुख्य नाका जमुनाह र एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गरेका थिए ।

यसका साथै, उनी सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी पोष्टको पनि अवलोकन गर्दै त्यहाँको समग्र सुरक्षा प्रबन्ध र जनशक्तिको अवस्थाबारे जानकारी लिएका थिए ।

अनुगमनका क्रममा नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा पुग्नुभएका महानिरीक्षक पौडेललाई भारतीय सशस्त्र सीमा सुरक्षा बल ४२ औं वाहिनीका प्रमुख गिरीश चन्द्र पाण्डेले स्वागत गरेका थिए । दुई देशका सीमा सुरक्षा निकायका उच्च अधिकारीबीच भएको भेटलाई सीमा सुरक्षा र द्विपक्षीय समन्वयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

जमुनाहा नाका हुँदै दैनिक ठूलो संख्यामा नेपाली तथा भारतीय नागरिकको आवतजावत हुने गरेको छ । पछिल्लो समय यस क्षेत्रमा अवैध ओसारपसार, तस्करी, लागुऔषध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएका छन् ।

अवलोकन तथा निरीक्षणका क्रममा सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले महानिरीक्षक पौडेललाई जिल्लाको वर्तमान सीमा सुरक्षा व्यवस्थाका बारेमा विस्तृत ब्रिफिङ गरेका थिए ।

गणपति एसपी चन्दले सीमा नाकामा हुने चोरी–निकासी तथा अवैध गतिविधि नियन्त्रण, सीमा सुरक्षाको वर्तमान अवस्था र शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मीहरूले गरिरहेको कार्यसम्पादनको बारेमा जानकारी गराएका थिए ।

आईजि पौडेलका साथमा डिआईजी दीपक अधिकारीलगायतका उच्चस्तरिउ अधिकारीहरु संलग्न छन । यस किसिमको उच्चस्तरीय निरीक्षण तथा अनुगमनले सीमा क्षेत्रमा अहोरात्र खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा सीमा सुरक्षा व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा सञ्चालनमा रहेको १० दिने समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन

८ भाद्र २०८३, सोमबार १९:४४
समाचार सारांश Generated Using AI सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बाँकेको सीमा क्षेत्र, नौबस्ता कारागार, जमुनाहा नाका, आईसीपी र बागेश्वरी पोष्टको स्थलगत निरीक्षण गरेका छन्।निरीक्षणका क्रममा सीमा सुरक्षा, तस्करी, अवैध ओसारपसार, लागुऔषध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणबारे सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्।दशगजा क्षेत्रमा भारतीय एसएसबीका अधिकारीसँग भेट गर्दै सीमा […]