नेपालगञ्जमा सामाजिक सद्भाव र्याली निकालियो

सदरलाइन संवाददाता १६ श्रावण २०८३, शनिबार ०९:४८
 
समाचार सारांश
Generated Using AI
  • पूर्वी तराईको घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा नेपालगञ्जमा बृहद् सद्भाव र्‍याली निकालिएको छ।
  • र्‍यालीमा जनप्रतिनिधि, राजनीतिक दल, धर्मगुरु र नागरिक समाजको सहभागिता रहेको थियो भने प्रशासनले शान्ति, सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षको समन्वय आवश्यक रहेको जनाएको छ।
  • बीपी चोकबाट सुरु भएको र्‍याली धम्बोझी चोकमा एक मिनेट मौनधारणसहित सम्पन्न भएको थियो भने सोही स्थानमा एक समूहले मृतकलाई न्याय र निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन गरेको थियो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : पूर्वी तराईमा भएको घटनालाई लिएर बाँकेको नेपालगञ्जमा त्यसखालको घटना नहोस भनेर सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बृहद सद्भाव र्याली निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलहरुको प्रतिनिधि, धर्मगुरु, नागरिक समाजका अगुवा सहितको उपस्थितिमा सर्वपक्षिय बृहद सद्भाव र्याली निकालिएको हो ।

पछिल्लो घटनाक्रमका बीच सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउन सबै पक्षले संयमता अपनाउदै जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा धार्मिक समुदायबीच निरन्तर समन्वय आवश्यक रहेकोले बृहद सद्भाव र्याली निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले जानकारी दिए ।


शनिबार बिहान साढे ७ बजे स्थानीय बिपीचोकबाट विभिन्न धर्मका धर्मगुरु सहित निकालिएको सदभाव र्याली सुर्खेतरोड हुँदै धम्बोझी चोकमा पुगेर एक मिनेट मौनधारण गरी समापन भएको थियो ।

नेपालगञ्जको विभिन्न चोकहरुमा सुरक्षाकर्मीहरुको तैनाथी बाक्लो पारिएको थियो । बृहद सद्भाव र्याली समापन भएको धम्बोझी चोकमा मृतकलाई न्याय दे, घटनाको निष्पक्ष छानबिन,लगायतका प्लेकार्ड बोकेर मौन रुपमा एक समुह उभिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *