समाचार सारांश
- बैतडीमा धनगढीबाट आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
- दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय बिरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
- सडकबाट करिब ३० मिटर तल खसेको बसका घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ भने चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

बैतडी : बैतडीमा भएको बस दुर्घटना एक जनाको मृत्यु हुनुको साथै दश जना घाइते भएका छन् । धनगढीबाट बैतडी आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस आज (शुक्रबार) साझ पौनै ६ बजेतिर दसरथचन्द नगरपालिका –४ शाहिलेक बजार नजिक छेलामा दुर्घटना भएको हो ।
बैतडी प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दसरथचन्द नगरपालिका –६ का ३५ बर्षीय बिरेन्द्र बहादुर चन्द रहेका छन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले १० जना सामान्य घाइते भएका बताए ।

घाइते हुनेमा दसरथचन्द नगरपालिका – ४ बस्ने २७ बर्षीय लक्ष्मी ऐरी, बर्ष ८ का हेमविक्रम जोशी, ६० बर्षीय पुर्णदेबी जोशी, २२ बर्षीय पुजा कार्की, दसरथचन्द नगरपालिका – २ देहिमाण्डौ बस्ने २० बर्षीय लालिता लावड, ३२ बर्षीय जानकी लावड, दसरथचन्द नगरपालिका – ८ त्रिपुरा बस्ने बिजय थापा, दसरथचन्द नगरपालिका – ६ बस्ने ३० बर्षीय लक्ष्मी साउद, दसरथचन्द नगरपालिका – ५ बस्ने ५२ बर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका – ९ खोडपे बस्न ३५ बर्षीय कबिराज भट्ट रहेका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । बस सडकबाट ३० मिटर तल खसेको छ । बसमा चालक सहित १२ जना सवार रहेका थिए । चालक पाटन नगरपालिका– ८ बस्न ३७ बर्षीय केशव महरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

