समाचार सारांश
- बैजनाथ गाउँपालिकाका पाँच विद्यालयले विश्व वातावरण दिवसका अवसरमा सरसफाइ, वृक्षारोपण र बगैंचा व्यवस्थापनलगायत कार्यक्रम सञ्चालन गरेका छन्।
- बास नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालित जलवायु सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूलाई वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जानकारी दिइएको छ।
- कार्यक्रमले विद्यालय तथा समुदायमा वातावरणीय चेतना बढाउनुका साथै सरसफाइ र हरियाली प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको शिक्षकहरूले बताएका छन्।

बैजनाथ (बाँके): विश्व वातावरण दिवसको अवसरमा बाँकेको बैजनाथ गाउँपालिकाका पाँच विद्यालयले सरसफाइ, वृक्षारोपण, बगैंचा व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
बैजनाथ गाउँपालिकाको सहयोग र बास नेपालको समन्वयमा सञ्चालित जलवायु परिवर्तन सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रमअन्तर्गत यी गतिविधि सम्पन्न भएको बासका सूचना आधिकारी हेमराज भट्टले जानकारी दिए ।
उनले कार्यक्रममार्फत विद्यार्थीहरूलाई जलवायु परिवर्तन, वातावरण संरक्षण, शून्य फोहोर विद्यालय अवधारणा तथा समुदायमा वातावरणीय सन्देश प्रवाह गर्ने विषयमा सचेत बनाइएको बताए ।
दिवसको अवसरमा बैजनाथको सूर्योदय मावि, नेरा मावि गुरुवागाउँमा विद्यालय सरसफाई गरिएको छ । यसैगरी नेपाल राष्ट्रिय मावि पेडारीमा सरसफाईसँगै बृक्षारोपण, श्रीसिंह भवानी आधारभुत विद्यालय बनकटवामा सरसफाई तथा बगैंचा गोलमेल गरिएको छ भने, सुन्दर आधारभुत विद्यालयमा बगैचा गोडमेल तथा सरसफाई कार्यक्रम गरी वातावरण दिवस मनाईएको छ ।
विद्यार्थीहरुलाई जालवायु सचेतना कक्षा सञ्चालन गर्ने, जलवायु परिवर्तनको सन्देस विद्यार्थी मार्फत अभिभावन र समुदायमा फैलाउने, शुन्य फोहोर स्कुल कार्यक्रम अन्तरगत काम गर्ने, लैंगिक तथा जलवायुका बिषयमा सहपाटी, अभिभावक र समुदायका ब्यक्तिहरुलाई उत्प्रेरित गर्ने र विद्यार्थीसँग गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरि विद्यालयलाई वातावरण मैत्री बनाउने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो ।
छोटो समयमा विद्यार्थीहरुले वातावरण संरक्षण र जलवायु परिवर्तनका बिषयमा जानकारी भइ विद्यालय र घरमा समेत सिकेको सीपलाई ब्यवहारमा उतार्न थालेको भन्दै शिक्षकहरुले खुसी ब्यक्त गरेका छन् । कार्यक्रम सञ्चालन भएपछि विद्यालय भित्र सरसफाई र बृक्षारोपण गर्ने कार्य बढेको श्रीनेरा मावि पेडारीका प्रधानाध्यापक दामोदर उपाध्यायले बताए ।

हरेक ब्यक्तिहरुमा वातावरण सचेतना आवश्यक रहेको बताउदै विद्यालय केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सूर्योदय माविका प्रधानाध्यापक दिपक बहादुर शाहीले भनाई छ ।
दिवसको अवसरमा सञ्चालीत अभियानमा श्रीसिंह भवानी आविका प्रधानाध्यापक कमला थापा, सुन्दर आविका प्रधानाध्यापक शान्ति खड्का, श्रीनेरा मावि गुरुवागाउँका प्रधानाध्यापक रमेश घिमिरे, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
वातावरण दिवसको अवसरमा आज सम्पन्न अभियानको सहजिकरण बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारी, कर्मचारीहरु शोभा भण्डारी, ज्योती बुढा र रचना चौधरीले गरेका थिए ।
बैजनाथ गाउँपालिका र बैजनाथ गाउँपालिका वडा नम्बर ५, १ र ७ को सहकार्यमा बासले जलवायु सचेतना कार्यक्रम बैजनाथ गाउँपालिकाका ५ विद्यालयमा सञ्चालन गर्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापकहरूले कार्यक्रमपछि विद्यार्थीहरूमा वातावरणीय जिम्मेवारी बढेको, विद्यालय परिसरमा सरसफाइ र वृक्षारोपणको अभ्यास विस्तार भएको तथा सिकेका ज्ञान र सीप घरपरिवारसम्म पुगेको बताएका छन्।
अभियानमा विद्यालयका शिक्षक, विद्यार्थी, प्रधानाध्यापक तथा बास नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैजनाथ गाउँपालिका र वडा नं. १, ५ र ७ को सहकार्यमा बास नेपालले पाँच विद्यालयमा जलवायु सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले विद्यालयलाई वातावरणमैत्री बनाउने र समुदायमा वातावरण संरक्षणको संस्कृति विकास गर्ने लक्ष्य लिएको छ।




