कोहलपुर गोल्डकप : भिसा समस्याका कारण नाइजेरिया बाहिरियो

सदरलाइन संवाददाता २४ बैशाख २०८३, बिहीबार १९:०९
 
समाचार सारांश
Generated Using AI
  • कोहलपुर गोल्डकपको सेमिफाइनलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया भिसा समस्याका कारण बाहिरिएको छ ।
  • जिल्ला प्रशासन कार्यालय बाँकेले अध्यागमन कानुन पूरा नगरी विदेशी खेलाडीलाई खेलाउन रोक लगाएको थियो ।
  • अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकपको सेमिफाइनलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया बाहिरिएको छ ।

खेलाडीहरूको भिसासम्बन्धी समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले अध्यागमन कानुनअनुसार प्रक्रिया पूरा नगरी विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको थियो ।


यसअघि नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्ने तालिका रहेको नाइजेरियाको स्थानमा अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने भएको छ । विजेता टोली फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबसँग भिड्ने छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा विद्यार्थी नभएपछि विद्यालय समायोजन गरिए

२४ बैशाख २०८३, बिहीबार १९:०९
समाचार सारांश Generated Using AI कोहलपुर गोल्डकपको सेमिफाइनलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया भिसा समस्याका कारण बाहिरिएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले अध्यागमन कानुन पूरा नगरी विदेशी खेलाडीलाई खेलाउन रोक लगाएको थियो ।अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो सारांश AI […]