द मदर फाउण्डेशनले ईस्लामिक पाक कला अभियान सञ्चालन गर्दै

सदरलाइन संवाददाता १० बैशाख २०८३, बिहीबार १९:३६
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा इस्लामिक कला र संस्कृतिको संरक्षणका लागि इस्लामिक पाक कला सचेतना अभियान–२०२६ सुरु गरिएको छ।
  • नयाँ पुस्तालाई हलाल संस्कृतिसँग जोड्न र परम्परा सिकाउन अभियान सञ्चालन गरिएको हो।
  • कार्यक्रममा सांस्कृतिक संरक्षणसँगै अन्तरधार्मिक सहिष्णुतामा जोड दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  बाँकेमा ईस्लामिक कला र संस्कृती जगेर्ना गर्ने उद्देश्यले द मदर फाउण्डेशनले इहया–उल–उलूम मदरसा नेपालगञ्जसंगको सहकार्यमा ईस्लामिक पाक कला सचेतना अभियान सुरु गरेको छ ।

पछिल्लो समयमा नयाँ पुस्ताले ईस्लामिक कला र संस्कृतीलाई विर्सदै गएकोले नयाँ पुस्ताको लागि सिक्ने र सिकाउन सहज होस भनेर द मदर फाउण्डेशनले यो वर्षलाई ईस्लामिक पाक कला सचेतना अभियान–२०२६ का रुपमा अघि बढाउने भएको द मदर फाउण्डेशन संस्थापक डा. सलाहुद्दीन अख्तर सिद्दीकीले जानकारी दिए ।

उनले पछिल्लो पुस्ता आधुनिकिकरणका नाममा आफ्नो रिती रिवाज विर्षदै छोड्दै गएकोले अभियान सुरु गर्नु परेको कुरामा जोड दिए । उनले भने–‘ नयाँ पुस्ताले हलाल संस्कृती छोड्दै गएको कारणले अभियान चलाउनु परेको हो । पाक कला मार्फत हामी सबैलाई जोड्ने प्रयत्न गर्दै छौ ।’

सो अवसरमा बाँके प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुरेश कुमार चौधरीले आफ्नो कला र संस्कृतिको संरक्षण गर्दै लैजानु पर्नेमा जोड दिदै समाजमा अन्तर धर्मिक सहिष्णुता कायम गर्न सबै धर्मका समुदायले पहल गर्न आग्रह गरे ।


उनले द मदर फाउण्डेशनले ईस्लामिक पाक कला सचेतना अभियान–२०२६ सफलताको कमना गर्दै ईस्लामिक कला र संस्कृतीको संरक्षण र संबद्र्धन गर्न आवश्यक रहेको औल्याए ।

द मदर फाउण्डेशनले अभियानको रुपमा सञ्चालन गरेको ईस्लामिक पाक कला सचेतना अभियान–२०२६ मा मौलाना मोहम्मद ईमरान, फाउण्डेशन निर्देशक डा तरन्नुम सिसद्दकी, रास्वपा बाँकेका अध्यक्ष हरी पाल केसी लगायतको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ

१० बैशाख २०८३, बिहीबार १९:३६
समाचार सारांश Generated Using AI बाँकेमा इस्लामिक कला र संस्कृतिको संरक्षणका लागि इस्लामिक पाक कला सचेतना अभियान–२०२६ सुरु गरिएको छ।नयाँ पुस्तालाई हलाल संस्कृतिसँग जोड्न र परम्परा सिकाउन अभियान सञ्चालन गरिएको हो।कार्यक्रममा सांस्कृतिक संरक्षणसँगै अन्तरधार्मिक सहिष्णुतामा जोड दिइएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : बाँके प्रहरीले चलाएको […]