उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

सदरलाइन संवाददाता २७ चैत्र २०८२, शुक्रबार १९:३८
 
समाचार सारांश
Generated Using AI
  • श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर २२९ मतसहित प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।
  • उनलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए भने एमाले तटस्थ बसेको थियो।
  • २५ वर्षीया ठाकुर सिभिल इन्जिनियरिङ डिप्लोमा धारक हुन् र समानुपातिक सांसदबाट उपसभामुख बनेकी हुन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

प्रतिनिधि सभामा उनलाई उपसभामुख बनाउने प्रस्ताव निर्णायार्थ पेश हुँदा प्रस्तावको पक्षमा २२९ मत र विपक्षमा जम्मा ५ मत परेको थियो । मतदानमा २५६ जना उपस्थिति रहेका थिए ।

रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रहेको थियो ।


सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित थिए । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्दै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित भएको जानकारी गराए ।

उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो । बुवा सोगराथ ईट्टाभट्टामा काम गर्दै आएका उनी हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरेबियामा छन । उनकी आमा गृहिणी एवम् किसान हुन ।

२५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकाी हुन । उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकाी छन् ।

जेनजी आन्दोलन पश्चात् उनी श्रम संस्कृति पार्टीमा जोडिन पुगेकी हुन । उनी श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद निर्वाचित भएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा करिव ३१ लाख बराबरको अबैध सामान नियन्त्रणमा लिएर भन्सार बुभायो

२७ चैत्र २०८२, शुक्रबार १९:३८
समाचार सारांश Generated Using AI श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर २२९ मतसहित प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।उनलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए भने एमाले तटस्थ बसेको थियो।२५ वर्षीया ठाकुर सिभिल इन्जिनियरिङ डिप्लोमा धारक हुन् र समानुपातिक सांसदबाट उपसभामुख बनेकी हुन्। यो सारांश AI द्वारा सिर्जना गरिएको […]