नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइयो

सदरलाइन संवाददाता १ बैशाख २०८३, मंगलवार ११:५७
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा ११औँ राष्ट्रिय झण्डा दिवस उत्साहपूर्वक मनाइएको छ।
  • नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले झण्डा महोत्सव आयोजना गरी दिवस मनाएका हुन्।
  • कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर नयाँ वर्ष नेपालीहरूका लागि उत्सव र गौरवको दिन भएको उल्लेख गरेका थिए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : वैशाख १ गते नेपालगञ्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ । विक्रम संवतको पहिलो दिन नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले ११औँ राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा महोत्सव मनाएका हुन् ।

राष्ट्रिय झण्डासहित उपस्थित सहभागीहरूले वैशाख १ गते नेपालीका लागि उत्सवको दिन भएको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगरले विक्रम संवत नेपालको मौलिक पहिचान भएको भन्दै यसै दिन झण्डा दिवस मनाउनु गौरवको विषय भएको बताइन ।


उनि भन्छिन, “राष्ट्रिय झण्डा दिवसमा स्वतःस्फूर्त रूपमा नागरिक सडकमा आएर उत्सव मनाउनु आफैँमा गौरवको विषय हो ।”

बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो । नेपालगञ्जमा हरेक वर्ष राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले राष्ट्रिय झण्डाले हरेक नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले नेपाली नयाँ वर्षको पहिलो दिन देशको ध्वजाको सम्मानमा यो महोत्सव मनाउन थालिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्क पत्रकार मञ्चका अध्यक्ष लामा राष्ट्र संघको बैठकमा सहभागी

१ बैशाख २०८३, मंगलवार ११:५७
समाचार सारांश Generated Using AI नेपालगञ्जमा ११औँ राष्ट्रिय झण्डा दिवस उत्साहपूर्वक मनाइएको छ।नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले झण्डा महोत्सव आयोजना गरी दिवस मनाएका हुन्।कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर नयाँ वर्ष नेपालीहरूका लागि उत्सव र गौरवको दिन भएको उल्लेख गरेका […]