समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र खेमबहादुर सारु रुकुमपूर्व पुगेका छन्, जहाँ उनीहरू जिल्ला अस्पतालको नयाँ भवन उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
- मुख्यमन्त्री आचार्यले तकसेरामा स्थानीयसँग छलफल गरेका छन् भने टोलीलाई विभिन्न स्थानमा स्वागत गरिएको छ ।
- भोलि रुकुमकोटमा निर्माण सम्पन्न ५० शैयाको अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

रुकुम पूर्व : लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व पुगेका छन । जिल्ला अस्पतालको नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री आचार्य रुकुम पूर्व पुगेका हुन ।
जिल्ला अस्पतालको भवनको उद्घाटन भोलि गरिने कार्यक्रम छ । आज मुख्यमन्त्री आचार्य तकसेरा लगायतका बस्तिका स्थानीयहरुसंग छलफल गरेका छन् । मुख्यमन्त्री आचार्य सहित स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायत प्रदेश सभा सदस्यहरु त्यहाँ पुगेका हुन ।
प्रदेश राजधानी देउखुरीबाट बागलुङको बुर्तिबाङ हुदैं मध्यपहाडी लोकमार्ग मार्फत यात्रा गरेका आचार्यलाई भुमे गाउँपालिका वडा नं. १ लुकुममा स्वागत गरेर आज पुथाउत्तरगंगा गाउँपालिकाको पर्यटकिय गाउँ तकसेरामा गाउँपालिकाले स्वागत गरेको हो ।

आज तकसेरामै बस बसेर भोली जिल्ला सदरमुकाम रूकुमकोटमा निर्माण सम्पन्न भएको ५० शैयाको रूकुम पुर्व अस्पताल उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यो भ्रमणमा मुख्यमन्त्री आचार्यसंगै स्वास्थ्य मन्त्री सारू, रूकुम पूर्वबाट निर्वाचित प्रदेश सभा सदस्य सुरूल पुन र डिलकुमारी बुढा लगाएतको टोली रहेको छ ।



