विपदको क्षेत्रमा बाँकेको नेपालगञ्जले गरेको अभ्यास

सदरलाइन संवाददाता ९ बैशाख २०८३, बुधबार १९:५२
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले ‘फायर बाइक’ र स्वयंसेवक दस्तामार्फत विपद् व्यवस्थापनको नयाँ अभ्यास सुरु गरेको छ।
  • वडा ३ र ७ मा ४०० स्वयंसेवकलाई आगलागी, भूकम्प र डुबानसम्बन्धी तालिम दिइएको छ।
  • पुराना बस्ती र साँघुरा सडकका कारण जोखिम बढी भएकाले पूर्वतयारी र सहकार्यमा जोड दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा विपद व्यवस्थापनको लागि ‘फायर बाइक’देखि स्वयंसेवक दस्तासम्मको प्रयोग गरी नयाँ अभ्यासको सुरुवात गरिएको छ ।

‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तरक्रियामा सो अभ्यासको जानकारी दिइएको हो । विपदको वर्गिकृत गरी विपद व्यवस्थापनको लागि ती स्वयमसेवक दूता परिचालन हुँदा समुदायलाई विपदबाट जोगाउदै क्षति न्यूनिकरण सहज हुने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले विपद्का कतिपय जोखिम नियन्त्रण बाहिर रहेकाले चनाखो हुन आग्रह गर्दै यसका लागि विपद्को पूर्वतयारी आवश्यक भएको धारणा व्यक्त गरे ।


नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्का विभिन्न क्षेत्रमा उपमहानगरपालिकाले सुपर परियोजनासँग सहकार्य गरेको जानकारी दिँदै नेपालगञ्जमा ‘हिट वेभ’ कार्ययोजना प्रभावकारी बनाउन थालिएको बताए ।

उनले नेपालगञ्ज उपमहानगरपालिकामा विपद व्यवस्थापनको लागि ‘फायर बाइक’देखि स्वयंसेवक दस्तासम्मको प्रयोग गरी नयाँ अभ्यासको सुरुवात गरिएको जानकारी दिए ।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासको आफूहरूले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराए ।

विपद्का घटनाको अध्ययन र विश्लेषणका आधारमा नेपालगञ्जमा पुरानो बस्ती, माटोका घर र साँघुरा बाटोका कारण यहाँ जोखिम बढी देखिएको र नेपालगञ्जका वडा नं ३ र ७ मा ४०० जनालाई ‘सामुदायिक विपद् स्वयंसेवक’का रूपमा तयार पारिएको र उनीहरूलाई आगलागी नियन्त्रण, भूकम्प तथा डुबानबाट सुरक्षित रहने उपायबारे तालिम दिइएको छ ।

यसअघी नेपालगञ्जमा विपदका बारेमा गरिएको अध्ययनका बारेमा पत्रकारद्वय रुपा गहतराज र अमृता जैशीले अवधारणा पत्र प्रस्तुुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवा कृषि चौफेरीमा आगलागी, ६ घर जलेर नष्ट

९ बैशाख २०८३, बुधबार १९:५२
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकाले ‘फायर बाइक’ र स्वयंसेवक दस्तामार्फत विपद् व्यवस्थापनको नयाँ अभ्यास सुरु गरेको छ।वडा ३ र ७ मा ४०० स्वयंसेवकलाई आगलागी, भूकम्प र डुबानसम्बन्धी तालिम दिइएको छ।पुराना बस्ती र साँघुरा सडकका कारण जोखिम बढी भएकाले पूर्वतयारी र सहकार्यमा जोड दिइएको छ। यो सारांश AI द्वारा […]

सम्बन्धित