युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

सदरलाइन संवाददाता १७ बैशाख २०८३, बिहीबार १३:३५
 
समाचार सारांश
Generated Using AI
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी बजेटमा युवा उद्यमशीलतालाई प्राथमिकता दिने बताएका छन्।
  • युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न बैंकिङ प्रणालीमार्फत लगानी परिचालन गरिने योजना रहेको उनले उल्लेख गरे।
  • युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय भई राष्ट्रियता, धर्म र संस्कृतिप्रति सचेत रहन पनि उनले आह्वान गरे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताएका छन् ।

प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।

उनले प्रदेश सरकारले बजेट तथा कार्यक्रममार्फत युवामैत्री नीति ल्याउने र बैंकिङ प्रणालीमार्फत उद्यमशीलताका लागि लगानी परिचालन गर्ने योजना रहेको बताए । ‘प्रदेश सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट विनियोजन गर्छ’उनले भने,‘युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध रूपमा अघि बढेका छौँ ।’


मुख्यमन्त्री आचार्यले युवाहरू वर्तमानका हिस्सेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै असल नागरिकका रूपमा प्रस्तुत हुँदै राष्ट्र निर्माणमा सक्रिय हुन आह्वान गरे ।

उनले मुलुक अग्रजहरूको ठूलो बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै राष्ट्रियता, धर्म र संस्कृतिप्रति सचेत रहन युवाहरूलाई आग्रह गरे । ‘राष्ट्रियता कमजोर भयो भने मुलुक पनि कमजोर हुन्छ । त्यसैले राष्ट्रियताको भावना विकास गर्न युवाहरूको भूमिका महत्वपूर्ण छ,’उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । मुख्यमन्त्री आचार्यसंग भएको छलफलमा प्रदेश युवा परिषद् विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनाल, सदस्य राधा बस्नेत (रिया) लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *