२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बागेश्वरी मन्दीरमा चैतेदशैमा जिब्रो छेड्नेको घुईचो



नेपालगञ्ज : नेपालगञ्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैतेदशैको नवमीको दिनमा आफ्नो भाकल पुरा गराउन वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्नेको भिडभाड छ ।
बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले परापूर्वकालदेखि चलेको यस परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन रहेको बताए ।
मुल महन्त योगीले नवरात्रा सुरु भएदेखि निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको र मन्दिरमा पञ्चबली र बलि पनि परापूर्व कालदेखि नै चलेकोे बताए ।
बाँके जानकी गाउपालिका वडानं ३ का ५२ वर्षिय बिद्यालाल तमौली हरेक वर्षको चैतेदशैको नवमीको दिनमा र बडा दशैको नवमीमा वर्षमा २ पटक निराहार ब्रत बसेर जिब्रो छेड्ने गरेको बताए ।
उनले आज पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गरेको बताए  । ‘मैले २० वर्षको उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । वर्षमा २ पटक चैतैदशै र बडा दशैको नवमीको दिनमा छेड््ने गरेको छु’–उनले भने ।
नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पुजा गरि सकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ । यो चैते दशैमा तमौली जस्ता करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गरेका छन् ।
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार
ताजा समाचार