छानबिन आयोगले बुझायो प्रतिवेदन

सदरलाइन संवाददाता २४ फाल्गुन २०८२, आईतवार १८:०६
 
समाचार सारांश
Generated Using AI
  • भदौ २३–२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
  • आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले कुशासन, नियमनकारी निकायको कमजोरी र दलीय भागबण्डाका कारण यस्तो घटना भएको उल्लेख गर्दै सुधारका सुझाव दिएका छन्।
  • प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद्मा पेश गर्ने र आवश्यक निचोड सार्वजनिक गर्ने बताएकी छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन ।

कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारी लगायतको पनि उपस्थिति थियो । कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिना कुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए ।

उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ । नियमनकारी निकायहरूलाई विकृत पारिएको छ । न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ । न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ । यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ ।’


आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए । अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिनसक्ने दाबी गरे ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषदमा पेस गर्ने बताईन । ‘तपाईहरूले एकदमै मिहिनेत गर्नुभएको छ । यसका लागि धन्यवाद छ । सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोत साधनका कारण त्यो पुग्दो भएन छ । पछि समय पनि थप्नुपर्ने भयो ।’

न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ । आ–आफ्नो क्षेत्रमा तपाईंको प्रख्याति छ । त्यसको प्रतिबिम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ । दुधको दुध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ । अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ । यसको विवरण हेरेर पूरै दस्तावेज तत्काल सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कमल बिके निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

२४ फाल्गुन २०८२, आईतवार १८:०६
समाचार सारांश Generated Using AI भदौ २३–२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले कुशासन, नियमनकारी निकायको कमजोरी र दलीय भागबण्डाका कारण यस्तो घटना भएको उल्लेख गर्दै सुधारका सुझाव दिएका छन्।प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद्मा पेश गर्ने र […]

सम्बन्धित

ताजा अपडेट